माओवादी केन्द्रले गर्‍यो दुई वैकल्पिक केन्द्रीय सदस्यलाई निष्कासन - NepaliPatra

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । गत शनिबार बसेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । यस्तै, वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको माओवादीले जनाएको छ । भक्तपुरका तामाङ पछिल्लो समय […]

सम्बन्धित सामग्री

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै  निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रद

बागी उम्मेदवार र समर्थकलाई माओवादीद्वारा निष्कासन

काठमाडौं। बागी उम्मेदवार र समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। प्रहरी संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। बैंकको किस्ता तिर्ने समय दुई वर्ष थप्न होटल संघले माग गरेको छ। अर्घाखाँची समेन्टले भारतमा १४०० बोरा सिमेन्ट निर्यात गरेको छ। एक महिनामा बैंकमा ३३ अर्ब निक्षेप थपिएको छ।

आज दिनभरिमा बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेकाे छ ।  आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएकाे जानकारी दिनुभएको हो ।  यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय...

रहबर अन्सारीलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

३० चैत, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको छ । अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई […]

मोरङको रंगेली नगरपालिका  प्रमुख दिलिप वगडिया पार्टीबाट निष्कासित

मोरङको रंगेली नगरपालिका प्रमुख दिलिप बगडियालाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। पटक पटक सचेत गराउँदापनि पार्टी हित विपरित कार्य गरेको भन्दै  नेपाल माओवादी केन्द्रले रंगेली नगरपालिका मेयर दिलिप बगडियालाई...

माओवादी केन्द्रले निष्कासनको कारबाहीबारे आयोगलाई दियो जानकारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई निष्कासनको कारबाही गरेको हो । सो निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको उनले जानकारी दिए । […]

पद कायमको माग गर्दै माओवादीका तीन प्रदेशसभा सदस्य सर्वोच्च पुगे

माओवादी केन्द्रले कारबाही गरी निष्कासन गरेका तीन जना प्रदेशसभा सदस्यले नियमविपरीत अपदस्त गरिएको भन्दै सर्वोच्च अदालतमा उत्प्रेषण तथा परमादेशको निवेदन दिएका छन् ।