माओवादी केन्द्रले पार्टी बदलेका पालिकाका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाउने

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले पार्टीको कारबाहीमा परेका पालिकाका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाउने भएको छ ।  पार्टी परिवर्तन गरेकाहरुलाई कारबाही गर्ने निर्णय यसअघि नै भएको र आज बसेको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरेर निष्कासन गरिएको पत्र आयोगमा पठाउने निर्णय भएको नेता देव गुरुङले जानकारी दिनुभयो ।  यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोग...