काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेकाे छ ।
आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएकाे जानकारी दिनुभएको हो ।
यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय...