माओवादी केन्द्रले निष्कासनको कारबाहीबारे आयोगलाई दियो जानकारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई निष्कासनको कारबाही गरेको हो । सो निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको उनले जानकारी दिए । […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलायो

कर्णाली । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ । समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेशको आर्थिक मामिला […]

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज (बिहीबार) बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।...

माओवादी केन्द्रले एमसीसीबारे चुनावपछि छलफल गर्ने

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ । १५ फागुनमा प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘एमसीसीका विषयमा […]

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी […]

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका

माओवादी केन्द्रले गर्यो नेताहरुको

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ। दुई दिन चलेको स्थायी कमिटी बैठकले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए। जिल्ला संयोजक प्रदेश कमिटीले तोक्ने गरी अधिकार दिएको पनि उनले जानकारी दिए।

माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन

माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद् सचिवालयलाई बुझाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। आज १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागिएको एक नेताले जानकारी दिए । मङ्गलवार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले आइतबार स्थायी कमिटी बैठक बोलाइको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए । काँग्रेसले केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादीपनि समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइएको छ ।