काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष प्रचण्डले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्द...