पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने माओवादीका नेता निष्कासन

नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दि