बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखको नियुक्ति भएको छ । करिब एक महिनायता प्रमुख बिहिन भएकामा ऊर्जा मन्त्रालयले जगत कुमार श्रेष्ठलाई नयाँ प्रमुखमा नियुक्त गरेको हो । प्रमुख नहुँदा डुबान प्रभावित सबै घरधनीमा सरकारले निर्णय गरे बमोजिम घर गोठ लगायत बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु हुन नसकेकामा अब यो कार्य अघि बढ्ने विश्वास लिइएको छ ।