नेपाल बार एसोसिएसनले कुनैपनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । जसका लागि बारले प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराउने भएको छ ।
सोमबार बसेको नेपाल बारको पदाधिकारी बैठकले सो निर्णय गर्दै प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राख्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
यस्तै बारले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर देशभरका अदालतमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ भने कार्तिक २३ ...