प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको ज्ञापनपत्र सभामुख सापकोटाले बुझेपछि…

काठमाडौं, ६ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल बार एशोशिएसनको एउटा ज्ञापनपत्र बुझेका छन् । त्यो ज्ञापनपत्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने माग थियो । बहालवाला प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन ज्ञापनपत्र सभामुखले बुझेको यो पहिलो घटना हो । सभामुख सापकोटाले यस्तो ज्ञापनपत्र बुझेपछि राजनीतिकवृत्तमा तरंग आएको छ । सभामुख सापकोटाविरुद्ध अदालतमा एउटा हत्याको अभियोगसहितको […]

सम्बन्धित सामग्री

नेपाल बारकाे ज्ञापनपत्र : प्रधानन्यायाधीशलाई महाअभियाेग लगाउनुपर्ने १७ कारण

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन विभिन्न १७ कारण प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएकाे छ ।  प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग राख्दै गएकाे तीन हप्तादेखि आन्दोलनरत नेपाल बारले आज साेमवार प्रधानन्यायाधीश जबरामाथि महाअभियाेग लगाएर हटाउनका लागि राजनीतिक दल, सङ्घीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको हाे ।  ‘वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिका शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका साथै नेपालको संविधान...

महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय…

बारले सभामुख र दलहरुलाई बुझाएको पत्रमा के छ ?

६ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदमुक्त गर्न सभामुख अग्नि सापकोटा र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग सहयोग मागेको छ । प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपसहित बारले सभामुख सापकोटा र विभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाई अप्रत्यक्ष रुपमा महाभियोगको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । बार एशोसिएसनले ज्ञापनपत्र बुझाउदै प्रधानन्यायाधीश जबरा विरुद्ध […]

सभामुख अग्नि सापकोटालाई बारले बुझायो ज्ञापनपत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज (सोमबार) सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो २ बजे […]

सभामुख सापकोटलाई नेपाल बारको टोलीले भेट्दै

काठमाडौँ । नेपाल बार एसोसिएसनले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ। बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।