काठमाडौँ– नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेकपा एमालेलाई ज्ञापन पत्र बुझाएको छ। सोमबार बारका पदाधिकारीहरुले सिंहदरबारमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको आन्दोलनमा भएको हस्तक्षेप दुख लागेको उल्लेख गरे। उनले अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित बारका पदाधिकारीहरुसँग भने- यस्तो अवस्था नआएको भए हुन्थ्यो। आन्दोलन […]