काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ । आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए […]