निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले शुक्रवार गरेको सर्वदलीय बैठकमा उक्त प्रस्ताव गरेको हो ।
यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण २०७९ वैशाख १४ गते बुधवार र दोस्रो चरण वैशाख २२ गते बिहीवार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे पदावधि २०७९ जेठ ५ गते सकिँदैछ । स्थानीय तहको निर्वाचनका लागि कम्तीमा...