निर्वाचन आयोगको प्रस्तावअनुसार जेठ ४ गतेको लागि स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाए पनि मिति घोषणामा ढिलाइ भएको छ ।
निर्वाचन आयोगका पदाधिकारीसँग मंगलवार भएको छलफलमा सरकारले बिहीवार (आजसम्म) चुनावको मिति घोषणा गर्ने आश्वासन दिएको थियो ।
बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरी पनि बिहीवार बैठक बस्ने/नबस्ने यकिन छैन । मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना भए पनि हालसम्म समय यकिन नभएको एक मन्त्रीले लोकान्तरलाई बताए ।
‘अहिलेसम्म बैठकको समय तय भइसकेको छैन,’ ती मन्त्रीले भने ...