आमजनमत एकातिर, गठबन्धनको नियत चुनाव टार्नेतिर

सामान्यतया निर्वाचनको मिति घोषणा गर्ने काम सरकारको हो, निर्वचन आयोगसँगको सिफारिशमा सरकारले चुनावको मिति घोषणा गर्छ । स्थानीय तहको चुनाव गर्नका लागि आन्तरिक तयारीमा जुटेको आयोगले सार्वजनिक रुपमै चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गरायो । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले निर्वाचनको सम्भावित मिति नै प्रस्ताव गर्यो । तर, सत्ता गठबन्धन अहिले चुनाव सार्नका लागि निहुँ खोजेर बसिरहेको छ । आम जनमत चुनावको पक्षमा देखिएपनि सत्ता गठबन्धनले अनेक बाहानामा स्थानीय तहको चुनाव पर धकेल्न खोजेको देखिन्छ । गठबन्धनका नेताहरु...