आगामी २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने सहमति भएको चार दिनसम्म पनि सरकारले औपचारिक रूपमा मिति घोषणा गर्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच माघ १८ गते मंगलवार जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगसँगको छलफलमा सरकारले २० गते बिहीवार मन्त्रिपरिषद्को बैठकबाट मितिको औपचारिक घोषणा गर्ने भद्र सहमति जनाएको थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक नै बस्न सकेन । अब सोमवार बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा...