स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।
निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका ...