काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ ।
गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो । तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...