स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।
चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।
अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।
वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने भन्दै एमालेका भातृ संगठनले जिल्ला जिल्लाबाट प्र...