निर्वाचन आयोगले आगामी वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नको लागि माघ पहिलो साता निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ ।
प्रमुख दलहरुसंग शुक्रवार आयोजना गरिएको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यथासक्य छिटो निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् ।
‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तिमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने हुँदा यसका लागि कानूनतः १२० दिन आवश्यक पर्ने भएकोले यही २०७८ माघको प...