काठमाण्डाै - सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ ।
भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।
सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक ...