सबै भन्सार कार्यालयबाट आयात, ५० प्रतिशतबाट हुँदैन निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।देशमा बनेका सम्पूर्ण भन्सार कार्यालय वर्षैपिच्छे अनियन्त्रित रूपबाट आयात बढिरहेको छ । नेपाल सरकारले वैदेशिक व्यापार सहजीकरण गर्न भनेर देशभर कुल २४ वटा भन्सार कार्यालय बनाएको छ । जसमध्ये २४ वटै कार्यालयबाट वस्तु तथा सामान आया

सम्बन्धित सामग्री

धनगढीबाट १३ करोडको निर्यात

धनगढी– त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा १३ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यो अवधिमा अढाई अर्बको आयात भएको पनि जिल्ला भन्सार कार्यालय कैलालीले जनाएको छ । यो अवधिमा ५५ करोड ५६ लाख ४९ हजार ३ सय ११ रुपैयाँको सामान भारतबाट आयात भएको छ । नेपालबाट भारतमा १३ करोड ७० लाख […]

कञ्चनपुर भन्सार कार्यालय डेढ अर्बको आयात, निकासी १ करोड ८० लाखको मात्र

महेन्द्रनगर। कञ्चनपुरस्थित नेपालको पश्चिमी सीमा नाकाबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. १ अर्ब ४७ करोडको सामान आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीको तथ्यांकले यस्तो देखाएको हो ।  भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माले यस नाकाबाट आयातको तुलनामा निर्यात अत्यन्त न्यून रहेको बताए । स्वदेशी उत्पादन न्यून हुँदा निर्यातमा ह्रास भएको उनको भनाइ छ । उनका अनुसार गत आवमा सो भन्सार नाकाबाट रू. १ करोड ८० लाखको सामान मात्र निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएका मुख्य वस्तुहरूमा कपडा, तरकारी, घरायसी प्रयोजनका सामग्री, सवारीसाधनका पार्ट्स लगायत रहेका छन् । यस्तै निर्यात हुने प्रमुख वस्तु हस्तकला रहेको छ । सो अवधिमा हस्तकलाका सामग्री मात्रै रू. १ करोड ७२ लाख मूल्य बराबरको निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । सीमा नदी महाकालीमा उच्च क्षमताको मोटरेबल पुल नहुँदा अन्य नाकाको तुलनामा यहाँबाट आयात निर्यात कम हुने गरेको भन्सार कार्यालय प्रमुख विश्वकर्माले बताए । अघिल्लो आव २०७८/७९ मा रू. १ अर्ब ५४ करोडको आयात गरिएकोमा निर्यात रू. ५ करोड ६४ लाख बराबरको थियो । यता, मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभाव भन्सार राजस्व संकलनमा पनि देखिएको छ । उक्त भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा भन्सार कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । भन्सार कार्यालय प्रमुख विश्वकर्माका अनुसार आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो । यद्यपि भन्सार विभागको राजस्व संकलनको तुलनामा कञ्चनपुर भन्सार कार्यालयको प्रगति राम्रो भएको दाबी उनले गरे । ‘गत आवमा विभागले ५८ प्रतिशत राजस्व संकलन गरेकोमा भन्सार कार्यालय कञ्चनपुरले ७१ प्रतिशत राजस्व संकलन गरेको छ,’ उनले भने । उक्त कार्यालयले अघिल्लो आवमा रू. ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य पाएकोमा ४६ करोड २२ लाख संकलन गरेको थियो ।

डब्लूएफपीको चामल भन्सार कार्यालयले व्यवस्थापन गर्ने

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)को चामल भन्सार कार्यालय नेपालगन्जले आफै व्यवस्थापन गर्ने भएको छ । सात महिना लामो समयदेखि ५४ हजार किलो चामल भन्सार कार्यालयमा थन्किएपछि भन्सार ऐन बमोजिम कार्यालय व्यवस्थापन गर्न लागिएको हो । गत माघ १५ मा आएको चामललाई भन्सारले १७ माघमा खान योग्य छ–छैन भनेर नमुना विश्लेषण तथा कन्साइन्मेन्ट निरीक्षणका लागि खाद्य आयात–निर्यात […]

झण्डै ६ अर्बको अलैंची र १ अर्बको प्लाइउड निर्यात

२६ चैत, झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको […]

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलन आधाले घट्यो

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो। यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा ग

रसुवा भन्सार कार्यालय: आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ ।

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा रु चार अर्ब ३३ करोड ४५ […] The post आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

भन्सार कार्यालय विराटनगरद्वारा ४० अर्ब राजस्व संकलन

विराटनगर (अस) । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रू. ४० अर्ब ८ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा रू. १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए । उनका अनुसार अघिल्लो आवमा कुल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको थियो । कार्यालयले चालू आर्थिक वर्षको दुई महीना साउन र भदौमा कुल ७ अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व संकलन गरेको छ । सो राजस्व साउन महीनामा रू. ३ अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रू. ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । यी दुई महीनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए । गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि गत आवमा लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख भण्डारीले बताए । रासस

चिया निर्यात प्रत्येक वर्ष बढ्दै, स्थानान्तरणका नाममा बगान मास्दै

कोरोना महामारीले व्यापार क्षेत्रलाई संकटमा प¥यो । तर, मुलुकको चिया क्षेत्रले भने कोरोना कालमा नै राम्रो आम्दानी गर्न सफल भयो । पछिल्लो दुई वर्ष नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमासमेत बढेर गएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा ९७ लाख २ हजार ८ सय ७८ केजी तयारी चिया निर्यात भएको थियो […]

मेची भन्सार कार्यालय : लक्ष्यभन्दा ८% बढी राजस्व संकलन

साउन ७, झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।  गत आर्थिक वर्षमा रू. १२ अर्ब नौ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रू. १३ अर्ब तीन करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।  कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट संकलन भएको राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ ।  कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजस्व वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रू. आठ अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रू. १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंँची रहेको उनले बताए ।  उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रू. छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा रू. चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।  प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंँचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रू. तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ । रासस