चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिना (साउन–फागुन) मा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै १३ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको जानकारी दिएको हो ।यस अवधिमा नेपालबाट जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ८२.९० प्रतिशतले बढी हो । यस्तै, गत वर्षको यही अवधिको तुलनामा विदेशबाट हुने आयात ३८ प्रतिशतले बढेको छ ।८२ प्रतिशतले बढेपनि गत वर्ष न्यून रकमको निर्यात हु