नेपालले चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा विदेशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कले साढे ६ खर्बको वस्तु आयात भएको देखिएको हो ।गत आर्थिक वर्ष २०७७/७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जुन, यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । यस्तै, चालू वर्ष ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब र