१२ प्रतिशतले घट्यो आयात

वीरगन्ज । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा नेपालको व्यापार घाटा १०.३८ प्रतिशतले घटेको हो। विभागको तथ्यांकअनुसार विदेशबाट नेपालमा आयात हुने वस्तुको आयात घट्दा व्यापार घाटा घटेको हो। साउन महिनामा नेपाललाई एक खर्ब १६ अर्ब ४७ […]

सम्बन्धित सामग्री

१६ प्रतिशतले घट्यो आयात

काठमाडौं, ८साउन। त आर्थिक वर्ष २०७९÷८०मा नेपालको आयात ३खर्ब ९अर्बले आयात घटेको छ। भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६खर्ब ११अर्ब रुपैयाँको आयात गरेको छ। जुन,अघिल्लो आर्थिक वर्ष २०७८÷७९मा १९खर्ब २०अर्बको आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६प्रतिशतले कम हो।

इन्धन आयात १६ प्रतिशतले घट्यो

काठमाडौँ, जेठ ११ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ […]

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

आधाले घट्यो खाद्यान्न आयात

काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैयाँको चामल आयात भएको थियो […]

खाद्यान्न आयात उनन्चालीस प्रतिशतले घट्यो

काठमाडौं, पुस १२ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपैयाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३३ अर्ब […]

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं, मंसिर ८ । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि […]

घट्यो मोबाइल आयात

काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल […]

मोबाइलको आयात घट्यो

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछ

वीरगञ्जबाट गाडी आयात ६७ प्रतिशत घट्यो

वीरगञ्ज, बैशाख ४ । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ । सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर चैतको तुलनामा यसपालि ६७ प्रतिशतले घटेको हो । मोटरसाइकलको आयात पनि ५४ प्रतिशतले […]

ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]