०७७/७८ मा विदेशबाट ३ खर्ब २३ अर्बको खाद्यान्न आयात

जनकपुरधाम : आर्थिक वर्ष ०७७/७८ मा विदेशबाट ३ खर्ब २३ अर्ब रूपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।आज जनकपुरधाममा संयुक्त रुपमा आयोजित ‘प्रादेशिक खाद्य प्रणालीको समीक्षा तथा योजना तर्जुमा’ कार्यक्रममा राष्ट्रिय योजना आयोगको कृषि महाशाखाका निर्देशक महेश खरेलले यस्तो बताएका हुन्।विदेशबाट वर्षेनी ठूलो परिमाणमा चामल, धान, मकै र गहुँको आयात भइरहेको जानकारी दिँदै उनले ०७८/७९ मा धान चामल ४७ अर्ब ५७ करोडको, मकै २० अर्ब ४५ करोडको, गहुँ ६ अर्ब ७३ करोडको र तरकारी ३८ अ

सम्बन्धित सामग्री

चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।

साढे ५० अर्बको खाद्यान्न आयात

चालू आर्थिक वर्षको सात महिनामा आधा खर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिमाणमा खाद्यान्न आयात भएको हो । सात महिनामा १९ अर्ब २२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात […]

साढे ५० अर्बको खाद्यान्न आयात

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा आधा खर्ब भन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिमाणमा खाद्यान्न आयात भएको हो । सात महिनामा १९ अर्ब २२ करोड ४३ लाख […]

धान उत्पादन घट्दा ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।यस्तै […]

६ महिनामा दुई अर्बको प्याज आयात

चालू आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ । प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभ

तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले चामल आयात अझै बढ्ने देखिएको छ।...

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

पहिलो प्राथमिकता अन्नबाली, क्रमशः अन्य उत्पादन पनि बढाइनेनिजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ ।स्थानीय उत्पादनले माग धान्न नसकेर अर्बौं रुपैयाँको खाद्यान्न आयात भइरहेका बेला स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी […]