वैदेशिक व्यापारको ३ महिना : नेपालले ४ खर्ब बराबरको सामान किन्यो, ४१ अर्बको बेच्यो

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको आयात गरेको छ । साउनदेखि असोज महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार नेपालले विदेशबाट उक्त मूल्यको वस्तु आयात गरेको हो । तर, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले न्यून हो । गत आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।यसैगरी, नेपालले यस अवधिमा जम्मा ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट ६५

सम्बन्धित सामग्री

सात महिनामा नौ खर्बको वैदेशिक व्यापार गर्दा आठ खर्ब घाटा

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड …

सात महिनामा ८ खर्ब व्यापारघाटा, १७ अर्बभन्दा बढीको मोबाइल आयात

सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष […]

दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ […]

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक

७ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ […]

१५ खर्ब नाघ्यो वैदेशिक व्यापार, ११ महिनामा साढे १२ खर्ब व्यापार घाटा

९ असार, काठमाडौं । आयातमा भएको उच्च वृद्धि र न्यून निर्यातको प्रभाव समग्र वैदेशिक व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको ११ औं महिना (२०७७ साउनदेखि–२०७८ जेठसम्म) को तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिनासम्मको […]

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ ।निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि

नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब बढी

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ । राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ । यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

संकटमाझ पनि बढ्याे रेमिट्यान्स, ५ महिनामा ४ खर्ब १६ अर्बको आप्रवाह

चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखि मंसिरसम्मको अवधिमा ४ खर्ब १६ अर्ब ८१ करोड रूपैयाँको रेमिट्यान्स आप्रवाह भएको छ । कोरोना महामारीपछि वैदेशिक रोजगारी ठूलोमा मात्रामा गुम्नुका साथै विप्रेषण आप्रवाहामा कमि आउने अनुमान गरिएको थियो ।