चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा विदेशबाट १६ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउद–चैत अवधिमा १६ खर्बभन्दा बढीको वस्तु आयात भएको हो । गत आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । जुन, चालू वर्षको १० महिनाको तुलनामा २५.९५ प्रतिशतले कम हो । यसको अर्थ यो वर्षको यस अवधिमा करिब २८ प्रतिशतले आयात बढेको छ ।यसैगरी, विभागका अनुसार यस अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । जुन, गत वर्षको सोही अवधि