चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा