काठमाडौं : जमैकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडाले २०२२ को विश्वकपमा छनोट भएको छ। जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो।गत साता कोस्टारिकासँग १–० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो। शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो। समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ।सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन। क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको