क्यानडा फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । आइतबार राति भएको खेलमा जमैकामाथि ४–० गोलको सहज जित निकाल्दै क्यानडाले विश्वकपमा स्थान पक्का गरेको हो । क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो । विएमओ फिल्ड क्यानडामा घरेलु टोलीको जितका लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको १३औं मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । टाजोनले ४४औं मिनेटमा गोल गर