मेगा क्यापिटल र एनआईबिएल एस क्यापिटलले प्राप्तिपछि असार १८ देखि एकीकृत कारोबार गर्दै

काठमाडौं । मेगा क्यापिटल मार्केट लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार १८ देखि एकीकृत कारोबार शुरू गर्दैछन् । कम्पनीले सूचना जारी गर्दै एकीकृत कारोबारका सम्बन्धमा जानकारी दिएका हुन् । मेगा क्यापिटल मार्केट लिमिटेडलाई एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । दुई कम्पनी एक भई एनआइएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो । मेगा क्यापिटलले २०७५ चैत १८ गते र एनआईबिएल एस क्यापिटलले २०६९ साउन १५ गते कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका थिए । प्राप्तिसम्बन्धी प्रस्ताव दुवै कम्पनीले जेठ २९ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गते एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी नाम परिवर्तन गर्न असार ११ गते स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एकीकृत कारोबारमा जुटेका हुन् । एकीकृत कारोबारको मिति भने दुवै कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले तय गरेको हो । 

सम्बन्धित सामग्री

एनआइएमबि एस क्यापिटलको एकीकृत कारोबार सुरु

एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन सुरु गरेको छ । यस सम्बन्धमा दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले प्रस्ताव पारित गरेको थियो । प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही […]