मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले विदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ । यसअघि आइतबारका लागि पेसी तोकिएको भएपनि आइतबार विदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ । सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश विश्वराज पोखरेल र न्यायाधीश डा.कुमार चुडालको