सर्वोच्च प्रशासन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई केही दिनमा बिदाइ गर्ने तयारीमा छ । संवैधानिक परिषद्ले समयमै नियुक्तिको सिफारिस नगर्दा नेपालको न्यायालयमा सबैभन्दा कम समय ५० दिनका लागि प्रधानन्यायाधीश भएका कार्कीले अवकाश हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलनलाई पूरै पछ्याउन पनि पाएनन् । बिदाबारी हुने ठीक एक महिनाअघि अर्थात् असार २० मा उनले मुद्दा नहेर्ने निर्णय गरे तर प्रशासनिक कामका लागि भने अदालतमा आइरहे ।