सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो । कार्यवाहक टुङ्गो नलाग्दा अझै कजलिस्ट प्रकाशन हुन सकेको छैन ।सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्छ ।&