काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सर्वोच्च अदालतमा हाजिर हुने भएका छन्। जबराले आफू सर्वोच्च अदालत फर्किने भएकोले आवश्यक तयारी गर्न प्रशासनलाई निर्देशन दिएका हुन्। जबराले शनिबार साँझ आफू आइतबार बिहान कार्यालय आउने खबर गर्दै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन फोन गरेको सर्वोच्च प्रशासन स्रोतले जानकारी दियो।‘म आइतबारदेखि आउँदैछु,आवश्यक तयारी मिलाउनुहोला। जबराले सर्वोच्च प्रशासनलाई फोन गरेर भन्नुभएको छ‘, स्रोतले भन्यो । यसबारे सर्वो