काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ। न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको भए पनि निवेदक पक्षकै मागका कारण आजको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ । उक्त रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक-पटक स्थगित हुँदै आएको थियो । […]