काठमाडौं : काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच फरक धारणा रहेको छ।सरकारले भीडभाडका गतिविधि रोक्न जोरबिजोर प्रणालीलाई निर्विकल्प ठानेको छ भने यातायात व्यवसायीले जोरबिजोर प्रणालीले कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।भीडभाड रोक्न सवारीसाधनमा जोरबिजोरमा जोड दिँदै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजो