जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक […]

सम्बन्धित सामग्री

फागुन १ गतेदेखि स्मार्ट लकडाउन खुकुलो : विद्यालयदेखि रात्रिकालीन व्यवसाय खुल्ने

सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक

सोमबारदेखि जोरबिजोर प्रणाली लागू नहुने, अरु के के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।त्यस्तै समितिले शिक्षा मन्त्

उपत्यकामा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।सिसिएमसीले विद्यालय भने माघभर बन्द

निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले काठमाडौँ उपत्यकामा निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज (आइतबार) बसेको बैठकले कोरोना सङ्क्रमण घट्दै गएको भन्दै तत्काल जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ ।

यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् ब

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।प्रवक्ता नेपालले भनिन् :‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका

सार्वजनिक सवारीबाट जोरबिजोर हट्ने तर निजीमा कायमै

काठमाडौँ- कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ। सिसिएमसी प्रवक्ता सुनीता नेपालका अनुसार शुक्रबारको बैठकले जोरबिजोर हटाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। ‘अहिलेका लागि सार्वजनिक सवारी साधनमा लागेको जोरबिजोर प्रणाली हटाउन सिफारिस भएको हो,’ प्रवक्ता नेपालले देशसञ्चारसँग भनिन्। निजी सवारी साधन र ट्याक्सीमा […]