काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवार (आज)बाट हटेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो । 

सम्बन्धित सामग्री

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो)मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइए पनि निजी सवारीसाधन (कार, मोटरसाइकल, […] The post बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा प्रचण्ड विश्वस्त

आज २०७८ असार २२ गते मंगलबार । आज दिनभरको मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमका नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा जसपाको दुई पक्षबीच आधिकारिकता विवाद अब निर्वाचन आयोगको इजलासले टुङ्ग्याउने, एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकारात्मक दिशामा, निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्दै, काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली, नेप्सेमा गिरावट कायमै लगायतका छन् ।१. जसपाको आधिकारिकता व

सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली

सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ ।उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुसहितको आइतबार बसेको बैठकले मंगलबारदेखि लागु हुने गरी निजी तथा सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक […]