हट्यो सार्वजनिक यातायातको जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली आज ९शुक्रबार० राति १२ बजेदेखि हटाएको छ।जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको हो।काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनि

सम्बन्धित सामग्री

सार्वजनिक यातायात केन्द्रीय महासंघले भन्यो– ट्याक्सीको जोरबिजोर हटाऊ

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले ट्याक्सीमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन माग गरेको छ । कोरोना संक्रमण बढिरहेको समयमा उपत्यकामा एम्बुलेन्सको अभावले बिरामीलाई सास्ती भइरहेको र ट्याक्सीले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने भन्दै तत्काल जोरबिजोर खारेज गर्न माग गरिएको छ । आपत् पर्दा तत्काल कतै जानुपरे ट्याक्सीलगायत निजी सवारीसाधनको अभावले...

ट्याक्सीमा लागु जोरबिजोर प्रणाली हटाउन माग

काठमाडौं, १६ माघ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले ट्याक्सीमा लागु गरेको जोरबिजोर प्रणाली हटाउन माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोरोना महामारीमा उपत्यकामा एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली खारेज गर्न माग गरेको हो । महासंघले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने ट्याक्सीमा तत्काल जोरबिजोर खारेज […]

तस्वीर : एनएसी अगाडि यात्रुको प्रतिक्षामा बसेका सार्वजनिक यातायात

काठमाडौंको एनएसी अगाडि बस बिसौनीमा यात्रुहरुको प्रतिक्षामा लामबद्ध अवस्थामा बसेका सार्वजनिक बसहरु । सरकारले काठमाडौं उपत्यकामा लगाएको जोरबिजोर प्रणाली सार्वजनिक बसमा शुक्रवार मध्यरातदेखि हटाएको छ । तर निजी सवारी साधनहरुमा भने जोरबिजोर प्रणाली यथावत कायम राखेको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

जोरबिजोर प्रणालीले सास्ती व्यहोर्दै सर्वसाधारण

काठमाडौं, माघ १४ । नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण अहिले समस्यामा छन् । प्रशासनले शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरेसँगै सर्वसाधारणले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्। यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा […]

सार्वजनिक यातायातका समस्या

सरकारले निषेधाज्ञा केही खुकुलो गरी सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिएको छ । २५ सीटभन्दा बढी क्षमताका गाडी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिएको छ । यस्तो निर्णय न व्यावहारिक छ न त संक्रमणसँग यसका कुनै सम्बन्ध नै । कम सवारी सञ्चालनमा आउँदा बढी भीडभाड भई संक्रमणको सम्भावना बढी हुने तथ्यलाई बेवास्ता गरिएको छ । सार्वजनिक सवारीसाधनमा सरकारले तोकेको मापदण्ड राम्ररी लागू भएको पाइँदैन । सरकारले अनुगमन र कारबाही पनि गरेको पाइँदैन । सवारीसाधनमा जोरबिजोर प्रणाली ट्राफिक व्यवस्थापन गर्न तथा वायुप्रदूषण कम गर्न लागू गरिन्छ । खासगरी अत्यधिक धूँवा र तुँवालो लागेर समस्या हुँदा त्यसलाई कम गर्न जोरबिजोर प्रणाली लागू गरिन्छ । कोरोना महामारीमा जोरबिजोर प्रणाली लागू गर्नु प्रत्युत्पादक हुन्छ । अहिले निजी र सरकारी कार्यालयहरू खुलेका छन् । व्यवसायहरू पनि खुलेका छन् जसले गर्दा मानिसहरूको आवतजावत बढी भइरहेको छ । सवारीसाधन कम हुँदा भीड बढी हुन्छ । यस्तोमा आधा यात्रु राखेर सार्वजनिक सवारीसाधन चलाउन दिनुपर्नेमा सीटभरि यात्रु राख्न पाउने तर जोरबिजोर नम्बरअनुसार चलाउनुपर्ने नियम ल्याएको छ । यो कुनै पनि तर्कले उपयुक्त देखिँदैन । सार्वजनिक सवारीसाधनमा सरकारले तोकेको मापदण्ड राम्ररी लागू भएको पाइँदैन । सरकारले अनुगमन र कारबाही पनि गरेको पाइँदैन । आफूले गरेका निर्णयको पालना भएको छ कि छैन भन्नेमा सरकारलाई चासो नभएको तथ्य यसले उजागर गरेको छ । अन्य क्षेत्रमा पनि सरकारले कि खुलाउने कि बन्द गर्ने निर्णय गर्ने गरेको छ, तुलनात्मक विश्लेषण गरेर सन्तुलित निर्णय गर्न सरकार चुकेको छ । स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरी धेरै क्षेत्र खुला गर्ने हो भने पनि संक्रमण तीव्र गतिले बढ्ने सम्भावना कम हुन्छ । तर, यसमा लापर्बाही भएकाले अहिले संक्रमण दर बढ्न थालिसकेको छ । यातायात व्यवसायीहरूले भाडा दर वृद्धि गर्न सरकारलाई दबाब दिइरहेका छन् । विगत केही वर्षदेखि भाडादर समायोजना नभएको तथा विभिन्न लागत बढेको हुँदा भाडा समायोजन गर्नु आवश्यक नै देखिन्छ । तर, सार्वजनिक यातायातको भाडा बढ्नेबित्तिकै सबै क्षेत्रमा मह“गी बढ्छ । ढुवानीको भाडा पनि बढ्छ जसले गर्दा मुद्रास्फीतिमा दबाब पर्छ । यस्तोमा सरकारले यी सबै पक्षलाई ध्यान दिनु जरुरी हुन्छ । भाडादर बढाउन दबाब दिएका यातायात व्यवसायीहरूले अहिले सरकारले तोकेको भन्दा बढी भाडा लिएको गुनासो यात्रुहरूले गरेका छन् । भाडादर वृद्धिको माग सरकारले पूरा नगरेको अवस्थामा आफूखुशी भाडा लिनु अराजकता हो । सरकारसँग स्वीकृति लिएर व्यवसाय गरेपछि त्यसका नियमलाई पालना गर्नु व्यवसायीको दायित्व हो । कानूनले भाडादर तय गर्ने अधिकार व्यवसायीलाई नदिएको अवस्थामा यसो गर्दा पनि सरकारले चासो नदिनु अर्को गल्ती हो । लामो दूरीका यातायात भने अझै ठप्प छन् । यसरी लामो समयसम्म यातायात बन्द गरिँदा सर्वसाधारणले दोब्बर तेब्बरसम्म भाडा तिरेर गन्तव्यमा जानु परिरहेको छ । यो सरकार र व्यवसायी दुवैले यात्रुलाई परेको मर्काप्रति बेवास्ता हो, गैरजिम्मेवारी हो । नेपालको सार्वजनिक यातायात यात्रुमैत्री छँदै छैन । सिन्डिकेट गरेर यसलाई अव्यवस्थित पारेको पाइन्छ । सरकारले सिन्डिकेट तोडेको दाबी गरे पनि व्यवहारमा त्यस्तो भएको छैन । व्यवसायीहरूको समितिलाई कम्पनीमा बदल्ने भन्दा अन्य परिवर्तन भएको छैन । सरकारले सार्वजनिक यातायात प्रणाली सुधार गर्न विभिन्न अध्ययन समिति पनि नबनाएको होइन । अन्य देशको सार्वजनिक यातायातको मोडलको अध्ययन पनि नगरेको होइन । तर, यसबाट प्राप्त निष्कर्षअनुसार सार्वजनिक यातायातमा सुधार ल्याउन भने सकेको छैन । सर्वसाधारण नागरिकका लागि यातायात प्रणाली निकै महŒवपूर्ण हुन्छ । महामारीका बेलामा यसको महत्त्व झनै हुन्छ । तर, सरकारले यसलाई व्यवस्थित गर्न तथा उपयुक्त प्रणालीमा सञ्चालन गराउन भने सकेको छैन । त्यसैले सार्वजनिक यातायातको बेथिति रोक्न सरकारको ध्यान जानु जरुरी छ ।

उपत्यकामा व्यापार व्यवसाय खुल्यो, यातायातमा जोरबिजोर कायमै

काठमाडौ : सरकारले आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर कायमै राखिएको छ।  तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको छलफलले यस अघि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत राख्ने निर्णय गरेको हो।  यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक ...

भदौ ३१ गते सम्म भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात संचालनमा रोक

भक्तपुर : भक्तपुर नगरपालिका क्षेत्र भित्र भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरिएको छ। कोरोना संक्रमण फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले १६ जना भन्दा बढी सिटका गाडीलाई जोरबिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेको हो। तर, भक्तपुरमा कोरोना संक्रमण फैलिँदै गएको परिस्थितिलाई मध्यनजर गर्दै

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सरकारलाई नगरपालिका फोरमको सुझाव

काठमाडौं : उपत्यका नगरपालिका फोरमले उपत्यकामा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ। फोरमको मंगलवार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ। काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको

निषेधाज्ञा खुकुलाे गर्दै काठमाण्डाै उपत्यकामा जाेरबिजाेर लागू गर्न सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाण्डाैमा मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । निषेधाज्ञा खुकुलो बना...

सेयर बजार तत्काल खोल

मुलुक कोरोना संकटसँग जुधिरहे पनि आर्थिक गतिविधि सुचारु गराउन सर्वत्र दबाबपछि सरकार लकडाउनको मोडालिटी परिवर्तनका लागि बाध्य भयो । जसका सकारात्मक परिणामहरू देखिन थालेका पनि छन् । सरकारले निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्नेदेखि सिनेमाघर, सार्वजनिक यातायात, डिस्को, क्लब, विद्यालयबाहेकका धेरै क्षेत्र खुला गरेको छ । रेष्टुरेन्ट लगायतका कतिपय क्षेत्रमा सरकारभन्दा एक कदम अगाडि बढेर जोखिम मोलेरै भए पनि स्वस्फूर्त बजार खुलिसकेका छन् । त्यसो त सरकार आफैं पनि वित्तीय संकटमा परेकाले बजार चलायमान बनाएर राजस्व संकलन गरी खर्च धान्नुको विकल्पसमेत थिएन । यसैले कतिपय क्षेत्रमा सरकारले देखेर पनि नदेखेजस्तै गरिरहेको छ ।