काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्द