मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।
हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ।
हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको ...