काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् ब