नेपालगञ्ज – आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ। नेपालगञ्ज रंगशालास्थित कभर्ड हलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो। हरियाणाले पहिलो सेट २६–२४ अंकले जितेको थियो। हरियाणाको २४ अंक हुँदा १८ अंकमा रहेको पुलिसले लगातार ६ अंक […]