१९ जेठ, काठमाडौं । युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ […]