निजामती, जंगी, प्रहरी, शिक्षकलगायतका सेवामा आफ्नो उर्वर समय अर्पण गरी सेवा निवृत्त हुने कर्मचारीलाई बाँकी जीवनयापनका लागि पेन्सन दिने विश्वव्यापी प्रचलन छ।यसलाई सरकारी सेवामा उत्पादनशील समय व्यतित गरेबापतको क्षतिपूर्तिका रुपमा पनि बुझिन्छ। यस अतिरिक्त, जेहेन्दारहरूलाई सरकारी सेवामा आकर्षित गर्न पनि पेन्सन प्रणालीले बल पुर्याउने पनि विश्वास गरिन्छ। यो व्यवस्था मुलुकी प्रशासनको हैसियतको रुपमा पनि ग्रहण गर्ने गरिन्छ।पेन्सनको सिद्धान्तसरकारी सेवामा सामान्यतः २० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृ