हामीकहाँ मात्र होइन, संसारका अन्य मुलुकहरुमा पनि कर्मचारीतन्त्र त्यहाँको स्थायी सरकारका रुपमा चिनिन्छ । राजनीतिले गोरेटो तय गरिदिन्छ, मैदान बनाएर त्यसैमा कुद्छ, कुदाउँछ कर्मचारीतन्त्र । यसकारण भनिन्छ, कुनै पनि मुलुकको राज्य व्यवस्था कस्तो छ भनी हेर्नका लागि त्यहाँको कर्मचारी प्रशासन हेरे पुग्छ, एकसीता भात छामेर कसौंडीभरिको भातको अनुमान गरेजस्तै । लोकतान्त्रिक राज्य व्यवस्थामा त लोकतन्त्रका […]