देशमा विद्यमान राजनीतिक व्यवस्था र राजनीतिज्ञहरू राम्रो हुँदा पनि कर्मचारीतन्त्र इमानदार, निष्पक्ष, कर्तव्यपरायण, सुयोग्य र सदाचारी नहुँदा देश समुन्नतिको दिसामा अघि बढ्न सक्दैन । तानाशाही तन्त्रमा कर्मचारीहरुलाई अत्यधिक शासकहरू समर्पित बनाइन्छ । तटस्थ कर्मचारीतन्त्रको कल्पना नै गरिँदैन । अत्यन्त राम्रो लोकतान्त्रिक व्यवस्थामा पनि शासकहरुको जीवनरेखा कर्मचारी हुन् । सबै प्रकारका राजनीतिज्ञहरुले प्राप्त गरेका आफ्ना अधिकारहरुको […]