काठमाडौं । दशैंमा बज्ने मंगल धुन, आकाशमा स्वच्छन्द उडिरहेका चंगाहरु, आ–आफ्ना मूल घर फर्किरहेका मान्छेहरु देख्दा अभिनेत्री बेनिशा हमाल नोस्टाल्जिक हुन्छिन् । यी दृश्यले उनलाई अतीततर्फ फर्काउँछ, जहाँ उनले बाल्यकालमा दशैं मनाएकी थिइन् । दशैं आउन महिना दिनअघि नै आमाबुवालाई लुगा किनिदिनु भन्दै फकाएको, घरघरको आँगनमा पिङ बनाएको, दक्षिणा पाउने आशमा दौडधुप गरेको कुरा सम्झेर […]