कुश्मा, अब १० वर्षपछि फेरि 'बन्जी जम्प' गर्न आउनेछु

म सकेसम्म सबै थाहा पाउन सचेत हुने कोसिसमै थिएँ तर हाम फालेपछिको पहिलो झड्कापछि मात्र सबै देखेँ। मलाई नदीतिर फर्केर पिङ खेलेको अनुभूति भयो। विस्तारै खुट्टाको साङ्लो खोल्ने डोरी तानेँ, यसले मेरो नदीतिर घोप्टो परेको शरीर आकाश तिर फर्कियो। खुट्टा र हात फैलाएर हावामा कावा खाँदै रोमान्चित भएँ।